नेकपाको स्थायी कमिटी बैठक बस्दै, यी हुन् मूख्य ७ एजेण्डा

  • 97
    Shares
0

काठमाडौं, १६ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। गत असार १० गते सुरु भएको बैठक यस अघि १२ गते र १३ गते बसेको थियो।

यस स्थायी कमिटी बैठकमा विभिन्न समसामयिक ७ एजेण्डा तय गरिएको छ। यसबीचमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरी नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट बनेको र सरकारबाटै हटाउने चलखेल भइरहेको अभिव्यक्ति दिएका छन्। उनको यस्तो अभिव्यक्तिपछि स्थायी कमिटी बैठकमा सीमाको विवाद झनै पेचिलो बन्ने अनुमान गरिएको छ।

अमेरिकी दुताबासले सोमबार साँझ मात्र विज्ञप्ति निकालेर एमसीसी लिने नलिने नेपालको इच्छाको विषय भएको भन्दै यो सहयोग पटक पटक नाउने भन्दै छिटो संसदबाट अनुमोदन गराउन गुमाएर दबाब दिएको छ । नेकपाले निर्णय गर्न नसक्दा एमसीसी अझै अन्योल ग्रस्त छ भने सरकारले एमसीसी पारित गर्ने समय थप गर्न अमेरिकी सरकारलाई अनुरोध गरेको बुझिएको छ।

यस अघि तीन दिन बसेको बैठक सीमा र नक्साका बारेमा छलफल भएकोमा अब आजको बैठक सरकारको कामको समिक्षा र एमसीसीमा केन्द्रित हुने बताइएको छ।

यी हुन् बैठकले तय गरेका ७ एजेण्डा

१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन।

२.कोभिड(१९ को नियन्त्रण, रोककथाम र उपचार सम्बन्धमा।

३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।

४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।

५. पार्टी कामको समीक्षा र सांगठानिक एकथाको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा।

६.एममसीसीका सम्बन्धमा।

७.विविध (क.रूकुम घटना, ख.नागरिकता विधेयक र ग. संघीय संसदका सदस्यहरूको भत्ता )

Comments
Loading...
You might also like