विद्यालयमा बाढी पस्दा लाखौंको क्षति

  • 15
    Shares
0

राजेन्द्र बिक/ बाजुरा, १६ असार। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनास्थित कैलेश्वरी माध्यमिक विद्यालयमा बाढी पस्दा लाखौंको क्षति भएको छ। बिहिबार र आइतबार आएको मुसलधारे पानीले विद्यालयमा बाढी पसि १८ लाखमा निर्माण भएको ४कोठे भवनको अगाडिको पूरै भाग भांसि वाल फुटेको तथा अर्को तल रहेको ४कोठे भवनमा समेत पूर्णरुपमा असर गरेको विद्यालयका प्रधानाध्यापक लछिराम साउंदले बताए।

विद्यालयको भौतिक संरचना त क्षति गर्योनै अतिआवश्यक कागजात समेतमा क्षति पुर्याएकोले विद्यालयले ठूलो क्षति ब्यहोरेको प्रधानाध्यापक साउंदले दुखेसो पोखे। विद्यालयमा करिब १५लाख बराबरको क्षति भएको हुनसक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर सांउदले बताए।

वर्षा याममा अब विद्यालय खुलेपनि बालबालिकालाई कहाँ राख्ने भन्ने चिन्ता लागेको अध्यक्ष साउंदले भने। बाढि गएकै दिन प्रहरी मुचुल्का गरि सकिएको छ। बालबालिकाको भविष्य जोडिएको विषय भएकाले सरोकारवालाहरुसँग आवश्यक सहयोगका लागि समन्वय गर्ने वडा अध्यक्ष बलबहादुर थापाले जानकारी दिए।

भिरालो ठाउँमा विद्यालय स्थान रहेकाले ग्याबिन तार सहितको ग्राउण्डको वाल उठाएर मात्र नयाँ भवन सम्भव रहेको छ भवन नबन्दासम्म विद्यालय खुल्ने बित्तिकै पठन पाठन हुने स्थिती नरहेको स्थानीयले बताए।

Comments
Loading...
You might also like