एमसीसी खारेजकाे माग गर्दै बिपी कांग्रेसकाे प्रदर्शन

  • 349
    Shares
0

काठमाडौं, १६ असार। नेपाली काँग्रेस (बिपी)को भातृसंगठन नेविसंघले एमसीसी खारेजी, १० अर्बको भष्टाचारीलाई कारबाहीको माग गर्दै विशाल प्रदर्शन गरेको छ। भ्रष्टाचारीलाई कारबाही गर, भारतीय सेना फिर्ता गर, पिसिआरलाई तिव्रता दे ,आरडिटी बन्द गर जस्ता नारा लगाएर नेविसंघले आन्दोलन सुरु गरेको हो।

विरोध प्रदर्शनको क्रममा बोल्दै महामन्त्री पुष्पराज पराजुलीले राष्ट्रवादी बनेको नेकपाको सरकारलाई सिराहाबाट निर्वाचित आफ्नै पार्टीका सांसद सुरेशचन्द्र दासको दोहोरो नागरिकता भारतीय र नेपाली भएकोमा उहाँलाई कारबाही गरेर देखाउन चुनौति दिए।

महामन्त्री पराजुलीले ओली सरकारले लिम्पियाधुरा सम्मको नक्सा सार्वजनिक गरेर नेपाललाई कतै भुटान जस्तो त बनाउदै छैन भनेर चिन्ता व्यक्त गरे। पराजुलीले २०६४ मा गिरिजाप्रसाद कोइरालाको मन्त्री परिषदमा ओलि परराष्ट्रमन्त्री हुँदा नेपालको सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउभन्दा अमिक सेरचनले नमानेको प्रसंग समेत उठाएका थिए। त्यही कारण शेरचनको मुख बन्द गर्न गण्डकी प्रदेशको प्रदेश प्रमूख बनाएको भन्दै ओलिको नियत माथि प्रश्न चिन्ह खडा भएको उनको भनाइ थियो।

अर्का महामन्त्री तथा पूर्वमन्त्री सुशिलमान सेरचनले एमसिसि नेपालको सविधान भन्दा माथि भएको एमसीसी नेपालका बौद्धिक सम्पत्तिहरु आफ्नो अधिनमा राख्ने तथा मुस्ताङ जिल्लामा भएको युरीनियम समेत अमेरिकी सरकारले नियन्त्रणमा लिने गरी एमसिसी आएकोले खारेज हुनुपर्ने माग गरे।

स्वर्गीय मदन भण्डारी सामान्य जीवन जियर जनताको सेवामा लागि पर्ने नेताको धर्मपत्नी आज ऐश्वआराम मङ्गो विलासका सामानमा ध्यान दिएर जनताको करको दुरुपयोग गरेको भन्दै उनको श्रीमति भन्न पनि लाजमर्दो भएको बताए। पार्टीले राष्ट्रघाती एमसिसी पास गर्ने सांसदहरूलाई निर्वाचन क्षेत्र निषेश गर्ने, काठमाडौंमा घर भएकाको घरमा र भाडा बस्नेहरूलाई घर प्रवेश गर्न नदिनेर उनीहरुको घरमा कालो झण्डा राख्ने ,एमसिसी पास हुने अघिल्लो दिन मसाल जुलुस र पास हुने दिन संसद भवन घेराउ सम्मका कार्यक्रम पनि घोषणा गरेको छ।

विरोध प्रदर्शनका क्रममा बोल्दै पार्टीका सहमहामन्त्री देवेन्द्रप्रकाश पौडेलले सरकारले जनतालाई लकडाउनमा राखेर कर तिर भनु औचित्य हिन भएको बताए। उनले हुनेले कर र बैंकको ब्याज आफ्नो नै दायित्व सम्झेर तिर्नु,नहुनेले अवस्था सामान्य भएपछि तिर्न, जबर्जस्त कसैले नतिर्न तथा स्कूल शुल्क पनि लकडाउन अबधिमा नबुझाउनु अभिभावकहरुलाई आग्रह गरे।

Comments
Loading...
You might also like