न्यायाधीश राईका अंगरक्षक हवल्दारले गरे आत्महत्या

  • 34
    Shares
0

सुनसरी, १६ असार। जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दारले गोली हानी आत्महत्या गरेका छन्। सोमबार राती आफैंले बोकेको पेस्तोलले गोलीहानी राईका अंगरक्षक प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आत्महत्या गरेका हुन्।

आफैँले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेको सुनसरीका प्रहरी प्रमूख एसपी कमल थापाले जानकारी दिए। हवल्दार खतिवडाले जिल्ला अदालत परिसरमा नै कन्चटमा चाईनीज पेस्तोलले गोली हानी आत्महत्या गरेको बताइएको छ।

अदालत परिसरमा रहेको प्रहरी व्यारेकमा बसेका उनी दालतको छतमा गएर आफैले गोली हानेर बेहोस भएका थिए। गम्भीरर घाइते भएपछि उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजाँदै गर्दा मृत्यु भएको हो।

Comments
Loading...
You might also like