काँचो केरा खानुकाे फाइदै-फाइदा

green-banana Tree
  • 49
    Shares

काठमाडौं। केरा अर्थात सदाबहार फल। बजारमा केरा बाह्रैमास पाइन्छ। कसैलाई कमजोरी भयो र तत्काल इनर्जी चाहियो भने एउटा केरा क्वाप्प खाँदा हुन्छ, केही मिनटमै शरीरको कमजोरी हराइहाल्छ। केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरिहाल्छ, यसलाई पाचनको लामो प्रक्रियामा अल्झिनै पर्दैन।

यही कारण केरा किलोको भाउमा होइन, दर्जनको भाउमा बिक्छ। किनकी, केराका गुण पनि दर्जनौं छन्। पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ। केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ। यो त पाकेको केराको कुरा भयो। काँचो केरा पनि कम हितकर छैन। काँचो केरा खाँदा शरीरमा आइरनको पूर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ।

काँचो केराका फाइदा

पोटासियमको भण्डार – शरीरका लागि पोटासियम निकै आवश्यक छ। तर, पोटासियम सबै खानामा पाइँदैन। यही कारण शरीरमा प्रायः पोटासियमको कमी भइरहन्छ। पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु।

काँचो केरा पोटासियमको भण्डार हो। काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ। काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ।

मधुमेहको औषधि – मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम। काँचो केरामा भएको टर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ। धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफूल खानबाट वञ्चित गरिन्छ। काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो। यही कारण उनीहरु काचो केराको तरकारी पेटभरि खान सक्छन्।

कब्जीयत हटाउने काइदा – बिहान शौचालयमा राम्ररी दिसा निख्रदैन। यसैलाई कब्जीयत भनिन्छ। कब्जीयतका कारण पेटमा विभिन्न रोग लाग्ने गर्छ। यदि तपाईंलाई पनि कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस्। काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ। काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ।

फाइबर अर्थात् रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ। काँचो केरा खाएपछि शरीरमा विषाक्त जम्न पाउँदैन र विस्तारै कब्जीयतको समस्या समाधान हुँदै जान्छ। काँचो केरा यस्तो क्षारीय भोजन हो, जुन ग्याष्टिकका बिरामीका लागि समेत लाभकारी छ।

तौल घटाउँछ – नियमत रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन। बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन। यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ।

कब्जियतको समस्याबाट मुक्त – यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस्। यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ। जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ। यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ।

हड्डी मजबूत पार्छ – फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले यसले हड्डी मजबूत पार्छ। यसले पाचनप्रणालीमा असल ब्याक्टेरिया सिर्जना गरी शरीरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबूत बनाउँछ। क्याल्सियमजस्ता तत्व लिने क्षमता वृद्धि गर्छ।

सुन्निएको निको पार्छ – केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्वहरु हुन्छन्। यसको अर्थ के हो भने यो प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिडमा लाभदायी हुन्छ। पोषक तत्व नपाएको अवस्था र वृद्ध अवस्थामा यस्ता समस्या देखिन्छ। त्यसैले दैनिक रुपमा केरा खाँदा यस्ता समस्या हट्छन्।

तौल बढाउन पनि उपयोगी – केरा तौल बढाउन पनि उपयोगी हुन्छ। दूधसंग केरा खानाले तीब्र रुपमा तौल बढ्छ। दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनीको मात्रा उपलब्ध गराउँछ। यो सजिलै पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ, जसले गर्दा तौल बढ्न मद्धत पुग्छ। यसले शक्ति प्राप्त हुन्छ। खेलाडीले पनि थप उर्जा प्राप्त गर्न ब्रेकका बेला केरा खाने गर्छन्।

पायलको समस्या हटाउँछ – यदि दिसा सजिलै नआउने समस्या या पायल्स छ भने केरा यसको सही उपचार हो। केरा सूजनाप्रतिरोधी भएका कारण पायल्सको समस्या हटाउन मद्धत गर्छ।

अल्सर निको पार्छ – लामो समयदेखि केरा एन्टासिड खाद्यपदार्थको रुपमा प्रयोग हुँदैं आएको छ। यसमा भएका तत्वले पेटका कोषिकाका क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैन। यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ।

मिर्गौलामा समस्या निम्तन दिँदैन – केराले शरीरमा तरल पदार्थको सन्तुलनमा नियमितता ल्याउन मद्धत गर्ने भएकाले मिर्गौलामा समस्या निम्तन दिँदैन। यसमा भएको एन्टीअक्सिडेन्टले मिर्गौलाले गर्ने काममा सकारात्मक असर गर्छ र विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत गर्छ।

यसका साथै केरा दृष्टि शक्तिमा फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले पनि मुटुका रोगीलाई फाइदा गर्छ, उच्च रक्तचाप घटाउन मद्धत गर्छ। उच्च आइरन हुने भएकाले रक्तअल्पता हुन दिँदैन।

अन्य फाइदाहरु

केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला। केरामा पोषक तत्व पाइन्छ। यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ। आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरिएको छ।

बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केही दिनमै यसको प्रभाव देख्न थाल्नुहुनेछ। केही मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन्। यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक साबित हुनेछ।

केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ। त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ। यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस्। निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ। साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नुहुनेछ।

बनाउने विधि

यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस्। यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस्। पुरै उम्लिसकेपछि केरालाई बोक्रासहित सानो–सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस्।

१० मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस्। यसो गर्नाले तपाईको ननिदाउने समस्यामा राहत पुग्नेछ। तपाईको निन्द्रा राति पनि खुल्छ भने यो तपाईका लागि फाइदाजनक हुनेछ। सायद तपाईलाई थाहा छैन कि यसको बोक्रा पनि धेरै गुणकारी हुन्छन्। केराको बोक्रामा पोटाशियम र म्याग्नेसियम पाइन्छ। यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ।

के पाइन्छ केरामा ?

खेलाडीका लागि ‘स्पोट्र्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ। खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए। केरा बिक्रेता कम्पनी डोल फुड्सको सहयोगमा भएको अनुसन्धानले यो तथ्य पत्ता लागेको हो।

प्रमुख अनुसन्धानकर्ता डेभिड निम्यानका अनुसार स्पोटर्स् ड्रिङ्कको विकल्प खोज्नेहरुका लागि केरा उपयोगी छ। तर, शारीरिक अभ्यासका दौरान कति केरा खाने भन्नेबारे वैज्ञानिकहरुले त्यति स्पष्ट पारेका छैनन्। शारीरिक अभ्यासका क्रममा केरालगायतका फलफूलले पार्ने असरबारे भने उनीहरु अध्ययन गर्ने योजनामा छन्।

केरामा भिटामिन र खनिज प्रचूर मात्रामा पाइन्छ। यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलभन्दा उत्कृष्ट फल मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ। यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो।

केरालाई विभिन्न स्वास्थ्य समस्यामा लाभदायी मानिन्छ। केरामा चिल्लो पदार्थ नहुने भएकाले तौल घटाउँछ। हड्डी मजबुत पार्छ। यस्तै, यसले पायल्सको समस्या हटाउँछ भने फाइबरको मात्रा प्रचुर हुने भएकाले कब्जियत हटाउँछ र दिसा सजिलै गराउँछ। यसले आन्तरिक पाचन प्रणालीमा पनि सुधार गर्छ र ‘कोलोरेक्टल क्यान्सर’ हुन दिँदैंन।

लामो समयदेखि केरा ‘एन्टासिड’ खाद्य पदार्थका रुपमा प्रयोग हुँदै आएको छ। यसमा पाइने तत्वले पेटका कोषिकाको क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैन। यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ। साथै, केरालाई दृष्टि शक्तिका लागि पनि फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले मुटुरोगी फाइदा गर्छ। यस्तै, उच्च रक्तचाप घटाउन मद्दत गर्छ। केरामा उच्च आइरन हुने भएकाले यसको सेवनले रक्तअल्पता हुन दिँदैन।

(यो सामग्री हामीले ज्ञानविज्ञानबाट लिएका हौं।)

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्