सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

gold pic
  • 27
    Shares

काठमाडौं। आज पनि नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ। पछिल्लो दिनहरुमा सुनको मूल्य निरन्तर बढ्दै नयाँ रेकर्ड कायम हुँदै आएको छ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्