वीरगञ्ज महानगरपालिकाका मेयरलाई काेराेना

  • 42
    Shares

पर्सा, १५ साउन। वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई कोरोना पुष्टि भएको छ। सरावगीले आफूलाई कोरोना संक्रमण भएको पुष्टि सामाजिक सञ्जालमार्फत् जनाएका छन्। उनले यसको जानकारी आमनगरवासीलाई फेसबुकमार्फत् गरेका हुन्।

उनले आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको जानकारी समेत गराएका छन्। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उनले चाँडै कोरोना जितेर पुनः काममा फर्कने पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ’कोरोना महामारीको समयमा जनताको सेवामा लाग्दा आफैं कोरोना सङ्क्रमणको चपेटमा परेँ’, उनले भनेका छन्, ’मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ। चाँडै निको भएर काममा फर्किनेछु।’

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्