पूर्वमाओवादी नेताहरुले प्रचण्डलाई भने, ‘एकढिक्का भएर साथ दिन्छौं’

prachanda-2
  • 8.8K
    Shares

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा स्थायी समिति सदस्यहरुले छलफल गरेका छन्। छलफल निकै सकारात्मक रहेको बुझिएको छ। नेकपामा आन्तरिक संघर्ष बढ्दै जाँदा नेताहरु टाेपबहादुर रायमाझी हरिबाेल गजुरेल र मणि थापाले आफूहरु कुनै समूहमा नरहेकाे प्रतिक्रिया दिएका थिए।

उनीहरुका साथमा नेकपाका नेताहरु देव गुरुङ, जनार्दन शर्मा, देवेन्द्र पाैडेल र चक्रपाणि खनाल पिन खुमलटार पुगेका थिए। पूर्वमाओवादीका तर्फबाट नेकपामा प्रतिनिधित्व गर्ने नेताहरुले अध्यक्ष प्रचण्डसँग खुमलटारमा आज साँझ २ घण्टा गहन छलफल गरेका हुन्।

छलफलमा सहभागी हरिवोल गजुरेलले सवै नेताहरुले निकै खुलेर आफ्नो कुरा राखेको बताए। नेताहरुको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले प्रष्ट ढंगले दिएपछि नेताहरु कन्फ्युजन क्लियर भएको भन्दै निकै नै उत्साहित भएर फर्किएको बुझिएको छ।

नेकपाकाे विवाद बढ्दै जाँदा ओली समूहले पूर्वमाओवादी केही नेता आफ्नाे पक्षमा रहेकाे दावी गरेकाे थियाे। तर बिहीबारकाे छलफलपछि उक्त भ्रम गलत सावित भएकाे छलफलमा सहभागी एक नेताले बताए । आजकाे छलफलले ओली समूहमा अर्काे दवाव सिर्जना भएकाे ती नेताले बताए ।

ओली समूहले पार्टीकाे अन्तरसंघर्षमा सुरुदेखि नै प्रचण्डकाे पक्षमा रहेका नेताहरु देवेन्द्र पाैडेल, जनार्दन शर्मालाई पनि आफ्नाे पक्षमा रहेकाे भन्दै भ्रामक प्रचारबाजी गर्दै आएका थिए। पार्टी एकता रक्षा गर्न विभिन्न धारणा र बिकल्प अघि सारे पनि निर्णायक परिस्थितिमा आफूहरु प्रचण्ड-नेपाल समूहमै रहेकाे नेताहरुले धारणा राख्दै आएका छन्।

पूर्वमाओवादी समूहका लेखराज भट्टबाहेक अरु नेताहरु हालसम्म प्रचण्ड-नेपाल समूहमै उभिएका छन्। पार्टी एकताको रक्षाका लागि विभिन्न बिकल्पमा छलफल गर्दा ओली समूहले केही नेता आफ्नो पक्षमा रहेको प्रचार गर्न थालेपछि नेताहरुले आफ्नो कित्ता क्लियर गर्न लागेका हुन्।

पार्टी अन्तरसंघर्षमा मौन देखिएका गृहमन्त्री रामबहादुर थापा बादलले समेत अन्तिम अवस्थामा प्रचण्डकै साथमा रहने बताइसकेका छन्। बादलनिकट मानिने सबै नेताहरु पार्टीमा विधि पद्धति स्थापित हुनुपर्ने मतमा दृढ छन्।