नेपालगञ्जमा कोरोना प्रयोगशाला स्थापना गरियोस् : सांसद गहतराज

  • 679
    Shares
0

नेपालगञ्ज, १८ चैत्र। सरकारले केही दिन अगाडि गरेको आफ्नो निर्णय विपरीत काम गरेपछि बाँके क्षेत्र नं.–१ बाट विजयी सांसद महेश्वर गहतराज ‘अथक’ले सरकारको ध्यानाकर्षण गराएका छन्।

सरकारले कोरोना भाइरस (कोभिड– १९) को प्रयोगशाला (पीसीआर) ल्याब नेपालगञ्ज, धरान र पोखरामा राख्ने निर्णय गरेको थियो। तर अहिले आएर पोखरा र धरानमा प्रयोगशाला सम्बन्धि सामाग्री गएर पनि ल्याब शुरु हुन लागिसक्यो भने नेपालगञ्जलाई पठाएको ल्याब सामाग्री एकाएक बुटवल सरेपछि नेपालगञ्ज लगायत पश्चिमका जनताको सर्वत्र विरोध गरेपछि सांसद अथकले सरकारको ध्यानाकर्षण गराउँदै प्रेस नोट जारी गरेका हुन्।

संसद अथकले आफ्नो प्रेस नोटमा लेखेका छन्, ‘पश्चिम नेपालका २६ जिल्लाका जनताको औषधोपचारको पहिलो गन्तव्य नेपालगञ्ज हो, अनि मात्र काठमाडौं, लखनउ वा अन्यत्र भएको स्मरण गराउन चाहन्छु।

Athak status

Comments
Loading...
You might also like