घरमै बसाैं, लकडाउनकाे पालना गराैं : वामदेव गाैतम

  • 2K
    Shares
0

बर्दिया, १८ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले सरकारले जारी गरेको लकडाउनलाई अनुशासितरुपले पालना गर्न आग्रह गरेका छन्। आफू पनि घरकै क्वारेनटाईनमा बसेको भन्दै जनताहरुलाई घरमै सुरक्षित भइ बस्न आग्रह गरेका हुन्। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएको निर्देशनलाई इमान्दारीताका साथ पालना गर्न उपाध्यक्ष गौतमले आग्रह गरे।

यस्तै, बर्दिया जिल्ला अधिकारीसँग सम्पर्कमा रहि दैनिक बर्दिया जिल्लाको अवस्थाको बारेमा जानकारी लिइ रहेको गौतमले बताए। कोरोना भाइरस कोभिड-१९ फैलिन नदिन ल्याब टेस्टको लागि नेपालगञ्जलाई पनि सेन्टर बनाउने, पिपिई, एन ९५ मास्क, भि टि एम, इन्फ्रारेड थर्मा्मिटर, सेनिटाइजर, सर्जिकल मास्क र ग्लोबस लगायत अन्य सामाग्रीहरु बर्दिया जिल्लालाई पनि उपलब्ध गराउन सम्बन्धित निकायलाई भनेको जानकारी दिए।

यसैबिच, संघीय सांसद तुल्सी थापाले अप्रत्याशित जोखिममा देश परेको बताइन्। सांसद थापाले सबैले आ-आफ्नो ठाँउबाट देशलाई सहयोग गर्न आह्वान गरिन्। कोरोना संक्रमण हुन नदिन सेनेटाइनर र साबुन पानीले हात धुन थापाले आग्रह गरिन। २०१९ डिसेम्बर ३० तारिखमा चीनको वुहान शहरमा देखिएको कोरोना भाइरस कोभड-१९ले आज विश्व नै आक्रान्त भएको छ।

Comments
Loading...
You might also like