भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी

  • 750
    Shares
0

चितवन। केन्द्रीय अस्पतालको मान्यता पाएको भरतपुर अस्पतालको अध्यक्षमा बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी नियुक्त भएका छन्। लामो समयदेखि अध्यक्षबिहीन बनेको अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको आज (मंगलबार) को निर्णय अनुसार ३ वर्षे कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा नियुक्त गरेको हो।

भरतपुर अस्पताल केन्द्रीय अस्पताल बनेपछिको पहिलो अध्यक्ष, स्वास्थ्य क्षेत्रबाट पहिलो पटक नेतृत्वदायी भूमिकामा पुगेको युवा चिकित्सक डा।भोजराज अधिकारी नियुक्त भएको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए।

उनका अनुसार अध्यक्षले अब समितिको सञ्चालन, विकास र विस्तार गर्न सक्ने उल्लेख छ। यस्तै सदस्यहरूमा रमाकान्त सापकोटा, केशव देवकोटा, रमा घिमिरे लगायतलाई समेत मन्त्रालयले चयन गरेको छ। अस्पतालको अध्यक्ष नियुक्त भएसगैँ डा. अधिकारीले अस्पताललाई मुलुककै नमूना र पहिलो नम्बरको अस्पताल बनाउने बताए। यस्तै आफू कारोना कहरसगैँ अध्यक्षमा नियुक्त भएकोले कारोनोका सहज उपचार गर्नु नै पहिलो प्राथमिकता हुने समेत उनले बताए।

Comments
Loading...
You might also like