लकडाउनको बेला खानेपानी वितरण सेवा प्रभावकारी बनाउन केयुकेएलमा छलफल 

  • 61
    Shares
0

काठमाडौं, १९ चैत। सरकारले कोरोना भाइरस कोभिड-१९ को सम्भावित संक्रमणबाट बच्न लकडाउनको समय बढाएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले  पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् उपत्यकामा  खानेपानीको वितरण सेवालाई प्रभावकारी बनाउन सबै शाखा प्रमूखहरुसँग छलफल गरेको छ। केयुकेएलले त्रपुरेश्वर स्थित मुख्य कार्यलयबाट उपत्यकामा रहेका सबै शाखाका प्रमूखसँग भिडियोमार्फत् प्रत्यक्ष कुराकानी गरी खानेपानीको हालको वितरण अवस्थाको बारे जानकारी लिएको हो।

केयुकेएलका कार्यकारी प्रमूख मिलन शाक्यले शाखाका सबै प्रमूखहरुसँग प्रत्यक्ष कुराकानी गरी आम उपभोक्ताका गुनासो र समस्याका बारे जानकारी लिए। सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने निर्देशन दिएकाले सोही अनुसार काठमाडौं उपत्यकामा खानेपानीको वितरण सेवा के कस्तो छ भनेर छलफल गरेको प्रमूख शाक्यले बताए। अहिले सुख्खा मौसम भएका कारण पानीको उत्पादन आधा घटेकाले हाल घरघरमा पानीको माग अत्यधिक भैरहेको छ।

‘शाक्यले भने, ‘यो अवस्थालाई ध्यानमा राखी पालो मिलाइ पानी उपलब्ध गराउन कर्मचारीहरु खटाउने र सबैलाई पुग्ने गरी वितरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेका हौ।’ खानेपानी वितरण सम्बन्धी जानकारी लिनको लागि सम्बन्धित कर्मचारीको नाम र फोन नम्बर हामीले आफ्नो फेसबुक पेज र हाम्रो वेभ साइट www=kathmanduwater=org मा राखेका छौ, शाक्यले जानकारी दिए।

कतै खानेपानी चुहावट देखिएमा र कुनै गुनासो पठाउनको लागि गुगल प्ले स्टोरमा र मोबाइल एप  kukl डाउनलोड गरी जानकारी पठाउन समेत उहाले सबैलाइ आग्रह गरे। त्यस्तै कोभिड-१९ भाइरसको जोखिमबाट सुरक्षित रहन  केयुकेएलमा काम गर्ने ट्याङ्कर चालक, पानी खोल्ने बन्द गर्ने चाबी चालक र अन्य फिल्डमा खटिने कर्मचारीहरुलाई सुरक्षा को लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको छ।

लकडाउनको बेलामा पनि काम गर्ने कर्मचारीहरुलाई निःशुल्क बीमा एवं क्षति पूर्ति दिनका लागि केयुकेएलले खानेपानी मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको शाक्यले जानकारी दिए। लकडाउनको समयमा आफ्ना कर्मचारीमार्फत् खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको केयुकेएलले जनाएको छ।

अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको शाक्यको भनाइ छ। हाम्रो खानेपानी वितरण  सेवामा कुनै समस्या आइहाले हामी जुनसुकै बेलामा पनि काम गर्न तयारी अवस्थामा रहेको उनले बताए।

Comments
Loading...
You might also like