सिन्धुपाल्चोकको लामोसाँघुमा सुविधायुक्त क्वारेन्टाईन

  • 34
    Shares
0

काठमाडौं, १८ चैत। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ८ ले २० बेडको क्वारेन्टाईन बनाएको छ। लामोसाँघुमा नबाइएको सुविधायुक्त उक्त २० बेडको क्वारेन्टाइनको मंगलबार बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल निरिक्षण गरेका छन्।

उक्त क्वारेन्टाइनमा प्रत्येक कोठाको एक शौचालयसहितको रहेको सो वडाका वडाध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए। उनका अनुसार छुट्टै खानपानको व्यवस्थापन कर्मचारी स्वास्थ्यकर्मी प्रहरी कार्यालयको समन्वयमा गरिएको छ।

क्वारेन्टाइनमा बस्दा देश विदेशमा कुरा गर्न सहजहोस् भनेर वडाले वाइफाइको समेत व्यवस्था गरेको छ। ‘हाम्रोमा अहिलेसम्म क्वारेन्टाइन बस्नुपर्ने कुनै विरामी छैनन्’ वडाध्यक्ष तामाङले भने ’पूर्वतयारीका लागि सुविधायुक्त क्वारेन्टाइन निर्माण गरेका हौं।’

Comments
Loading...
You might also like