टेकु खोलाको किनारमा बस्ने ४० घर परिवारलाई खाद्यान्न सहयोग

  • 804
    Shares
0

काठमाडौं, १८ चैत। टेकु परिसरको खोलाको किनारमा बस्ने ४० घर परिवारलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले राहत वितरण गरेको छ।

दैनिक रूपमा सडकबाट प्रयोग भएको प्लाष्टिक र कागज उठाइ जीविकोपार्जन गर्दै आएका उनीहरुलाई मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष विकास महर्जनको रोहवरमा दैनिक जीवनमा प्रयोग हुने सामानहरू वितरण गरिएको हो।

संस्थाको राहत कोषमा जम्मा भएको रकमबाट प्रति परिवार ५ केजी चामल, १ प्याकेट नुन तथा सावुन, १र२ लिटर तेल, १ केजी दाल र १ प्याकेट सोयाबिन रहने गरी राहत वितरण गरेको थियो।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष आनन्द शर्मा वाग्ले लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Comments
Loading...
You might also like