नेकपाका जिल्ला अध्यक्षको पहलमा १ सय ८४ कामदारको उद्धार

  • 330
    Shares
0

होम बस्नेत/ उदयपुर, १८ चैत। स्याङ्जाको चापाकोट नगरपालिका स्थित खानेपानीको कामका लागि कार्यरत गोरखासहित उदयपुरका १ सय ८४ जना कामदारहरुको नेकपाका जिल्ला अध्यक्ष बिनोद कटुवाल ‘दिवस’को विशेष पहलमा उद्धार गरिएको छ।  सरकारले लगाएको लकडाउनका कारण खानेपानी आयोजनाको काम बन्द भएपछि त्यहाँ रहेका मजदुरहरुलाई आज (मंगलबार) नेकपा अध्यक्ष कटुवाल र जिल्ला कमिटी सदस्य देब गिरीको पहलमा उद्धार गरिएको हो।

काम नभएपछि अलपत्र अवस्थामा रहेका उनीहरुलाई उदयपुरगढी गाउँपालिकाको आर्थिक व्यवस्थापनमा ३ वटा बसबाट उद्धार गरिएको नेता गिरीले जानकारी दिए। उद्धार गरिएकाहरु मध्ये गोर्खा सुलिकोट बारपाक गाउँपालिका ३ का २ जना, उदयपुरको त्रियुगा नगरपालिकाका ३ जना, कटारी नगरपालिकाका ४ जना, बेलका नगरपालिकाका ७ जना, रौतामाई गाउँपालिकाका ३ जना, ताप्ली गाउँपालिकाका ५ जना, लिम्चुङबुङ गाउँपालिकाका १ र उदयपुरगढीका १५९ जनालाई उद्धार गरिएको हो।

जसमध्ये २ जनालाई ज्वरो आएको पाइएपछि जिल्ला अस्पताल उदयपुर पठाईंएको छ भने अन्यलाई होम क्वारेनटाईनमा बस्न आग्रह सहित आ–आफ्नो घर पठाइएको छ। उद्धार गरिएका सबैलाई उदयपुरगढी गाउँपालिका अन्र्तगत स्वास्थ्य शाखाका प्रमूख जयनारायण यादवसहितको स्वास्थ्य टोलीले उदयपुरगढी ७ अँधेरीमा राखिएको हेल्प डेस्कमा स्वास्थ्य परिक्षण गरेको थियो। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन उनीहरु सबैलाई माक्स, ग्लोब तथा बिस्कुट, पानी लगायतका समाग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सानु राउतले बताइन्।

Comments
Loading...
You might also like