रहेनन् वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी

  • 23
    Shares
0

काठमाडौं, १८ जेठ। वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आइतबार ९१ वर्षको उमेरमा निधन भएको छ। सयभन्दा बढी फिल्ममा जीवन्त अभिनय गरेका उनको आज बिहान आफ्नै निवास एकान्त कुनामा निधन भएको हो।

एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए। फिल्म ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए।

तर, सुगर, प्रेसर जस्ता रोग थपिँदै गएपछि उनी बिना कसैको सहारा उठ्न पनि नसक्ने भएका थिए। उनको कहिलेकाहिँ बोली आउने र जाने गरेको पनि पारिवारिक स्रोतले जानकारी दिएको छ। उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्।

चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन्। उनको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

Comments
Loading...
You might also like