२० गते पछि लकडाउनको नयाँ मोडालिटि, पहिलेको भन्दा खुकुलो बनाइने

  • 2.7K
    Shares
0

काठमाडौं, १७ जेठ । सरकारले कम्तिमा जेठभर लकडाउन थप्ने संकेत गरिसकेको छ। २० जेठमा लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको संघर्षमा जाने बताएका थिए । उनले उद्दोगहरु खुल्न दिने र निर्माणका कार्य गर्न छुट दिइने उल्लेख गरेका थिए। कोरोनाविरुद्धको लडाईं लामो हुने भन्दै संघर्ष र आर्थिक गतिविधि सुरक्षाको उपाय अपनाएर गरिने बताएका थिए।

विश्वस्त स्रोतका अनुसार सरकारले सार्वजनिक यातायात र शैक्षिक संस्था अझै केही समय बन्द गर्नेछ। तर, शैक्षिक कार्यक्रमको विकल्पका रुपमा अनलाइन र दुर शिक्षा शुरु गर्ने तयारी गरेको छ। यसका लागि शिक्षा मन्त्रालय लागिपरेको छ। उद्दोगहरु संचालन हुनेछन्। त्यसका लागि भने सम्बन्धित उद्दोगीले सुरक्षाको वातावरण मिलाउनुपर्नेछ। कृषि कार्य गर्न छुट नै छ। विशेषगरी विदेशमा रहेका अलपत्र नेपालीको उद्धार गरी रोजगारीमा लगाउने सरकारको तयारी छ। उनीहरुलाई निर्माण क्षेत्रमा लगाउने तयारीका साथ सरकार लागेको छ।

कोरोनाविरुद्धको लडाईंमा निर्माण कार्यलाई गति दिने सरकारको तयारी देखिएको छ। गोरवका आयोजना र ठुला आयोजनाहरुले पनि गति लिनेछन्।देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै मुश्किल भएपछि सरकारले आर्थिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिन लागेको हो। अस्पतालहरु कोरोना संक्रमितले भरिदै गएपछि सरकारले घरमै आइशोलेशनमा रहने गरी व्यवस्था समेत गर्न लागेको छ।

Comments
Loading...
You might also like