जाजरकोटको घटनालाई लिएर राजेश हमाल दुखी, जातियताको जरोलाई उखेल्न अनुरोध

  • 84
    Shares
0

काठमाडौ, १८ जेठ । महानायक राजेश हमालले हरेक नेपालीबीचमा भाइचाराको सम्बन्ध हुनु पर्ने बताएका छन्। उनले जाजजरकोटको घटनालाई लिएर नेपालीहरुमा एकता हुनुपर्नेमा झन् समुदाय–समुदायबीचमा जातिएको फाटो आएकोमा दुख व्यक्त गरे। राजेश हमालले पुर्खाहरुले बनाएको जातियताको जरोलाई उखेल्न सकैनो भने पछि सम्म पनि यसको असर भोग्नुपर्ने बताए।

जातियता द्वन्द्वले कसैकोपनि हित नगर्ने भन्दै उनले यस्ता समस्याले राजनितिमा असर गर्ने चेतावनी दिए। उनले यसले राष्ट्रका शिक्षा, स्वास्थ्य लगायत विकासका कामलाई नै ओझेलमा पार्ने उनको भनाई थियो। सामाजिक सञ्जालमा सक्रिय राजेशले आज आफ्नो अभिव्यक्तिसहितको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

Comments
Loading...
You might also like