पाँच दिनमै दोब्बरले बढे कोरोना संकमित

  • 12
    Shares
0

काठमाडौं,१८ जेठ। नेपालमा एक दिनमा १०० जना भन्दा बढी संक्रमित भेटिएको लगातार पाँचौ दिन हो आज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ बजेको प्रेस ब्रिफिङमा जानकारी दिएअनुसार आजका १६६ जना संक्रमितसमेत गरी नेपालमा एक हजार ५६७ जना संक्रमित भएका छन्। ९ माघ २०७६ मा नेपालमा पहिलो संक्रमित भेटिए यताको साढे चार महीनाका एक हजार ५६७ जना संक्रमितमध्ये आधा भन्दा बढी पछिल्लो पाँच दिनका हुन्।

१३ जेठमा ७७२ जना संक्रमित भएकोमा एकैपटक ११४ जना थपिएर १४ जेठमा पुग्दा ८८६ जना पुगे। त्यसपछि हरेक दिन १०० भन्दा बढी संक्रमित भेटिएका छन्। १५ जेठमा १५६, १६ जेठमा १७० र १७ जेठमा १८९ जना संक्रमित भेटिएर एक हजार ४०१ पुगेको थियो। पछिल्लो २४ घण्टामा त्यसमा १६६ जना थपिएका छन्। ९ माघपछिका चार महीना चार दिनमा १३ माघसम्म संक्रमित ७७२ जना मात्रै रहेका थिए। पछिल्ला पाँच दिनमा त्यो भन्दा बढी ७९५ जना संक्रमित भेटिएका छन्।

Comments
Loading...
You might also like