कोरोनाका कारण थप एकको मृत्यु

death
सांकेतिक तस्वीर
  • 15
    Shares

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) का कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षका सिइओको कोरोना भाइरसका कारण बिहीबार राति मृत्यु भएको हो।

नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा उनको बिहीबार राति निधन भएको हो। कोरोना अस्पतालका इञ्चार्ज डा. निरजकुमार सिंहले उनी लामो समय देखि मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताए।

उनको केही समयअघि मुटुको बाइपास सर्जरी पनि गरिएको थियो। कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनी ७ साउनमा अस्पताल भर्ना भएका थिए।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्