कोरोना संक्रमित महिलाले जन्माइन् शिशु

sutkeri_aama pic
  • 1
    Share

काठमाडौं। नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले शिशुको जन्म दिएकी छन्। पर्साको छप्कैया १ की ३१ वर्षकी कोरोना संक्रमित महिलाले शीशुको जन्म दिएकी हुन्।

उनी संक्रमित भए पनि सफलतापूर्वक सुत्केरी गराइएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए। डा.सिंहका अनुसार ती महिलाको आज बिहान ४ बजेर १० मिनेटमा शिशुको जन्म दिएकी थिइन्। हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्