हेडक्वार्टरका थप २८ प्रहरी कर्मचारीमा कोरोना पुष्टि

police_headquater_g9WLBBafJz
  • 27
    Shares

काठमाडौं। प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म थप २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। यो सँगै प्रहरी हेडक्वार्टरमा ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । देशभर चाहिँ २ सय ५० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्