सुनको मूल्य एक लाख नजिक

gold-coins
  • 10
    Shares

काठमाडौं, १६ साउन। शुक्रबार पनि सुनको मूल्य वृद्धि भएको छ। शुक्रबार तोलामा तीन सय रुपैयाँ बढेसँगै एक लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार तीन सय पुगेको छ।

बिहीबार ९९ हजारमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार आठ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्