स्यानिटाइजर पिउदा १० जनाको मृत्यु

senitizer
  • 66
    Shares

काठमाडौं, १६ साउन। लकडाउनका कारण रक्सी नपाएर स्यानिटाइजर पिउने १० जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशको प्रकाशम जिल्लामा रक्सी नपाएपछि २० जना भन्दा बढीले स्यानिटाइजर पिएका थिए।

स्यानिटाइजर पिएका कारण बुधबार १ जना, बिहीबार ३ जना र शुक्रबार थप ६ जना गरी ९ जनाको मृत्यु भएको हो।
सो घटनाको प्रहरीले अनुसन्धान गरिरहेका बताएको छ। अनुसन्धानका क्रममा पसलहरुमा ठूलो मात्रामा स्यानिटाइजर बिक्री भइरहेको र मानिसहरुले रक्सीको सट्टा मदिराको मात्रा बढी भएका स्यानिटाइजर नै पिउने गर्दा मृत्यु भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

प्रहरीले विभिन्न स्थानीय पसलका स्यानिटाइजर समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्