नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित घटे

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा तल झरेको छ। पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो।

अहिलेसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।

यस्तै थप ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ। नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनको संख्या १८ सय ७० पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्