लेखक, साहित्यकारहरुले भने– संसद विघटन उपलब्धिमाथिको कुठाराघात

Parliament samsad
लोकपाटी न्यूज

बुटवल। लेखक, साहित्यकारहरुले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षाविपरीत रहेको जनाएका छन्।

रुपन्देहीका १०१ जना लेखक, साहित्यकारहरुले शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले राजनीतिक संकटको बहानामा बहुमतको सरकारले प्रतिनिधि सभा भंग गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धिमाथिको कुठाराघात रहेको उल्लेख गर्दै यसप्रति गम्भीर खेद प्रकट गरेका हुन्।

राजनीतिक उतारचढावका कारण सिर्जित समस्यालाई संविधानको दायरामा रहेर समाधान गर्न सकिने उल्लेख गर्दै उनीहरुले वचन तथा कर्ममा संयम अपनाई गम्भीर र सचेत रहन पनि राजनीतिक दलका नेताहरुलाई अपिल गरेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्ने साहित्यकार तथा लेखकहरुमा बूँद राना, ऋषिराम भुसाल, दिल साहनी, ऋषि आजाद, वनमाली निराकारलगायत रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्