एक्सेल डेभेलपमेण्टले आफ्ना तीन कम्पनीको शेयर लिलामी विक्री गर्दै

लोकपाटी न्यूज

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो स्वामित्वमा रहेका तीन ओटा कम्पनीको संस्थापक समूहको शेयर आइतवारदेखि लिलामीमा विक्री गर्ने भएको छ ।

कम्पनीले आरएमडिसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामिण विकास लघुवित्तको २६ हजार ३०० र युनाईटेड इन्स्योरेन्स कम्पनीको ९६ हजार ६४९ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । उक्त शेयरमा आवेदकले माघ ४ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

आरएमडिसी लघुवित्तको न्यूनतम मूल्य रू। ४८५,ग्रामिण विकास लघुवित्तको रू। २६९ र युनाइटेड इन्स्योरेन्स कम्पनीको रू। २४१ तोकिएकोले सो मूल्यभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । साथै कुनै एक व्यक्ति वा संस्थाले एक कम्पनीको लागि एउटा मात्र आवेदन फारम पेश गर्नूपर्नेछ ।

शेयर खरीदको लागि आवेदकले बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड र एक्सेल डेभलपमेण्ट बैंकको केन्द्रीय कार्यालयबाट आवेदन पाइने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्