मृर्गौला फेर्ने काम मन्द

kidney anatomy
लोकपाटी न्यूज

काठमाडौं। गत वर्ष फागुनमा त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरे तर त्यसयता नेपालमा प्रत्यारोपण कार्य बन्द छ।  केही समयअघिसम्म महिनाको एउटा मिर्गौला प्रत्यारोपण गर्दै आएको वीर अस्पतालमा पनि अहिले त्यो काम पूरै बन्द छ।

शिक्षण अस्पतालमै पनि महिनाको २० वटासम्म मिर्गौला प्रत्यारोपण हुन्थ्यो। त्यहाँ पनि कोभिडको बहानामा बन्द गरिएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा भने महिनाको तीन वटासम्म प्रत्यारोपण हुन थालेको थियो ।

नेपालमा वर्षेनी सरदर तीन हजार मानिसको मिर्गौला फेल हुन्छ। देशभरि अहिले पाँच हजार मिर्गौला रोगी डायलासिस गरेर बसेका छन्।

अर्कातिर, नेपालका अस्पतालमा कोभिडका बिरामी कम हुन थालेका छन्। सरकारले पहिला निशुल्क परीक्षण गर्दा अस्पताल जानेहरूको संख्या बढेको थियो। अहिले पैसा तिर्नुपर्ने भएपछि मानिसहरू रुघा, खोकी भएर पनि परीक्षणपट्टि चासो दिने गर्दैनन्। एयरपोर्टमा रिपोर्ट देखाएर विदेश जानुपर्नेहरूले भने बाध्य भएर परीक्षण गरिरहेका छन्। जनआस्थाबाट