कक्षा १२ को नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी

examination_board_
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा छिट्टै नै सार्वजनिक गर्ने जनाएको छ। परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए।

गत मंसिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी छन्। कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिइँदैछ। परीक्षार्थी संख्या थोरै रहेको जनाइएको छ। ती परीक्षार्थीको नतिजासमेत एकसाथ प्रकाशन हुनेछ।

कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो। सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्