काठमाडौं। जनसांस्कृतिक महासंघले केन्द्रीय समिति बैठक बोलाएको छ। पुस २३ गते बिहीबार बिहान ११ बजे काठमाडौं पेरिसडाँडामा बैठक बोलाएको हो।
समसामयीक विषय र प्रतिगमनका विरुद्ध संघर्षका कार्यक्रम लगायतका विषयमा गम्भीर छलफल गर्नका लागि बैठक बोलाइएको जनसांस्कृतिक महासंघ नेपालका सहसंयोजक सरल सहयात्रीले बताए।