ग्रामिण बालबालिकालाई ईन्टरनेटमा जोड्दै किवानिज क्लव अफ रुपन्देही लुम्बिनी

pic 6
लोकपाटी न्यूज

रुपन्देही। बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लव अफ रुपन्देही लुम्बिनी’ले सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षाको गुणस्तर सुधारको लागि ग्रामिण तथा दुर्गम क्षेत्रका बिद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ।

सोही अन्तर्गत हालै क्लवले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ७ जुनियामा रहेको ‘जुनिया माध्यमिक विद्यालय’मा ईन्टरनेज लञ्चिङ् गरेको छ। विद्यार्थीमा नियमित पठनपाठनसंगै अतिरिक्त ज्ञानको बिकासको लागि ईन्टरनेट लञ्चिङ् गरिएको क्लवका अध्यक्ष प्रमोद थापाले बताए।

‘अझै पनि ग्रामिण बालबालिका ईन्टरनेटको पहुँचमा छैनन्।’ उनले भने–‘नियमित पठनपाठनसँगै बालबालिकामा अतिरिक्त ज्ञानको बिकासको लागि ग्रामिण क्षेत्रका विद्यालय छनौट गरिएको हो।’

‘सर्भिङ द चिल्ड्रेन अफ द वर्ड’ भन्ने नारासहित सञ्चालित क्लवले बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ। सोही अनुसार क्लवले दुरदराजका समेत विद्यालय छनौट गरेर ती विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि बालबालिकालाई विद्यालय पठाउनु पर्छ भन्ने अभिभावकलाई ज्ञान प्रदान गर्नेगरी कार्यक्रम सञ्चालन गरिएको उनले बताए। त्यस्तै उनीहरुमा अतिरिक्त ज्ञानको विकासका लागि खेलकुदका सामग्री, विद्यालय पोशाक, झोला, कापी तथा कलम लगायतका शैक्षिक सामागि समेत प्रदान गर्दै आएको छ।

बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि क्लवले गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ मा रहेका जुनिया माध्यमिक विद्यालय, चिदिपानी माध्यमिक बिद्यालय र हेमन्त आधारभूत बिद्यालय तथा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ६ बाह्रनम्बरमा रहेको मिदिनी आधारभूत विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्लवका संस्थापक अध्यक्ष दिपेश शाहीले जानकारी गराए।

त्यस्तै क्लवले तिलोत्तमाकै सगरमाथा आधारभूत बिद्यालय र सरस्वती माध्यमिक बिद्यालयमा समेत शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरिएको क्लवका निवर्तमान अध्यक्ष सुरज पंगेनीले जानकारी गराए। शैक्षिक गुणस्तरको लागि बालबालिकामा अतिरिक्त ज्ञान अनिवार्य भएको बताउँदै उनले बालबालिकाको अतिरिक्त ज्ञानको क्षमता बिकास गर्नकै लागि क्लवले सुविधाको पहुँच भन्दा टाढा रहेका विद्यालय छनौट गरिएको बताए।

विगत ४ वर्षदेखि कार्यक्रम सञ्चालन भएको हेमन्त आधारभूत विद्यालयका प्रधानाध्यापक दण्डपाणी ढकालले क्लवले कार्यक्रम सञ्चालन गरेयता बिद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउनुको साथै बिद्यार्थी बिद्यालय आउने क्रम र बिद्यार्थी संख्या समेत बढेको बताए।

कक्षा ३ सम्म अध्ययन हुने उक्त विद्यालयमा सत्यवती गाउँपालिका भित्रका आधारभूत विद्यालय मध्ये सबैभन्दा धेरै ३४ जना विद्यार्थी अध्ययन गर्दछन्। क्लवले कार्यक्रम सञ्चालन गरेपछि बालबालिका धेरै खुसी भएको र उनीहरुको मनोबिज्ञानमा समेत सकारात्मक प्रभाव परेको उक्त बिद्यालयकी शिक्षिका ईन्द्रा ढकालले बताइन्। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथबहादुर बुढाथोकीले अभिभावकलाई समेत सकारात्मक प्रभाव परेको औंल्याए।
यता जुनिया माध्यममिक बिद्यालयका प्रधानाध्यापक केशवराज भट्टराईले बिद्यालयले प्राथमिक आवश्यकताको सूचीमा छनौट गरेर विद्यालय व्यवस्थापन समितिमा प्रस्ताव लैजाने तयारी भएको बेला क्लवले ईन्टरनेट जडान गरी आवश्यकता परिपूर्ति गरेकोमा धन्यवाद ज्ञापन गरे।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले ईन्टनेट जडानसँगै विद्यार्थीको अतिरिक्त सिकाईमा यसले ठूलो सहग पुग्ने विश्वास व्यक्त गरे। क्लवले सुगम क्षेत्रमा मात्रै नभएर दुर्गम ग्रामिण क्षेत्रका विद्यालयमा समेत पुगेर नियमित कार्यक्रम सञ्चालन गर्नु आफैमा स्रहानीय काम भएको बताउँदै नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। किवानिज क्लवका डिष्ट्रिक्ट गभर्नर दिपक भण्डारीले नेपाल भरीका क्लवहरु मध्ये किवानिज क्लव अफ रुपन्देही लुम्बिनीले तुलनात्मक रुपमा धेरै र प्रभावकारी काम गरेको औंल्याए।

क्लवका पूर्वअध्यक्ष समेत रहेका भण्डारीले आगामी दिनमा समेत यी कार्यक्रमलाई निरन्तरता दिन र थप रचनात्मक कार्यक्रमको लागि सुझाव दिए। ईन्टरनेट लञ्चिङ्, खेलकुदका सामाग्रि तथा शैक्षिक सामाग्रि प्रदान गर्नको लागि क्लवका उपाध्यक्षद्वय अमन श्रेष्ठ, मनोज आचार्य तथा क्लवका पदाधिकारी सदस्यहरुको टोली हालै गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ जुनिया पुगको थियो। त्यस अवसरमा ति विद्यालयहरुले क्लवलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्