अदालतले संसद पुनस्थापना गर्छ, ढुक्क हौंः पूर्वन्यायाधीश लाल

girishchandra_lal
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले संसद पुनस्थापना हुनेमा ढुक्क रहन आग्रह गरेका छन्। जनता समाजवादी पार्टीले गरेको अन्तरक्रियामा पूर्वन्यायाधीश लालले संविधानको व्याख्या गर्दा सर्वोच्चले संसदको पुनस्थापना गर्नै पर्ने बताए।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा संविधानका दुई धारा उल्लेख गरेकाले राजनैतिक मुद्दा मात्रै भन्न नमिल्ने उनले बताए। अदालतले पुनस्थापनाको विरुद्धमा फैसला दिनेमा आफूमा संशय नरहेको लालले बताए।

‘प्रतिनिधि सभाबाट प्रधानमन्त्रीलाई कुनै समस्या थिएन। सबै कानून बहुमतले पारित हुन्थे। कुनै प्रकारको बाधा थिएन‚’ लालले भने, ‘विपक्ष दलबाट संसदमा समस्या थिएन। संसदमा समस्या थिएन भने दलभित्रको विवादले संसद विघटन गर्न नपाइने अदालतले बुझ्छ।’