नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन

लोकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ५४० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले १३ प्रतिशत बोनस शेयर ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ ८ गते दरबारमार्गमा ३४औं साधारण सभा आयोजना गरेको छ ।

कम्पनीले सभा आफ्नै केन्द्रिय कार्यालय, काठमाडौंमा बिहान १० बजे वार्षिक साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्