प्रतिगमनको विरोधमा राखिएका ब्यानर हटाएकोप्रति अनेरास्ववियूको आपत्ति

  • 16
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारको प्रतिगमनको विरोधमा राखिएका ब्यानर हटाएकोमा अनेरास्ववियू त्रि-चन्द्र क्याम्पस कमिटी परिवारले आपत्ति जनाएको छ।

‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर’ भन्दै त्रि-चन्द्र क्याम्पसमा राखिएका ब्यानर हटाएको प्रति क्याम्पस कमिटीले आपत्ति जनाएको हो।

क्यमप्पसमा राखिएको ब्यानर प्रधानमन्त्री ओली समूहको विद्यार्थी कार्यकर्ताले हटाएको उनीहरूको आरोप छ। अनेरास्ववियू (प्रचण्ड-नेपाल पक्ष निकट विद्यार्थीको समूह)ले उक्त कार्य हतास मनस्थितिको उपज भनेको छ।

ओली समूह निकट विद्यार्थी कार्यकर्ताले असंवैधानिक संसद् विघटन खारेज गरौँ भन्ने एउटा ब्यानरदेखि अतालिएको उनीहरूको आरोप छ। उक्त कार्यले उनीहरूको राजनीतिक संस्कारलाई उजागर गरेको अनेरास्ववियू त्रि-चन्द्र क्याम्पस कमिटीले भनेको छ।

यस्तो राजनीतिक कुसंस्कारको जवाफ भोलिको दिन त्रि-चन्द्र क्याम्पसका आम विद्यार्थी साथीहरूले दिने उक्त पक्षले भनेको छ।

सरकारको प्रतिगमनविरुद्ध अनेरास्ववियूले राखेको ब्यानर हटाउँदै ओली समूहका सरद पोख्रेल
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्