ओलीको कदमविरुद्ध अनेरास्ववियुको लालटिन जुलुस

pic
  • 268
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहनिकट अनेरास्ववियूले लालटिन जुलुस निकालेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनविरुद्ध अनेरास्ववियूले लालटिन जुलुस निकालेको हो।

बुधबार राजधानीमा अनेरास्ववियूका विद्यार्थीले लालटिन जुलुस निकालेका हुन्। अनेरास्ववियूका नेताहरु जुलुसमा सहभागी थिए।

विद्यार्थीहरुले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए। विद्यार्थीहरुले ‘संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ हौँ, ‘हामि अरु जान्दैनौँ, संसद विघटन मान्दैनौं लगायतका नारा समेत लगाएका थिए।

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनैपनि धारा नभएको बताए।

प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनले माग गरे। प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने बताए।

विद्यार्थी राजनीतिबाट आएका योगेश भट्टराई पनि जुलुसमा सहभागी भएका थिए। भट्टराई नेकपाको प्रचण्ड- माधव समूहले गठन गरेको संघर्ष समितिका सहसंयोजक छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्