काठमाडौं। संसदीय कानून, न्याय तथा मानवअधिकार समितिका निवर्तमान सभापति कृष्णभक्त पोखरेलले नेकपा दर्ता गर्दाको बखतको ४४१ केन्द्रीय कमिटीको बहुमत पक्षलाई आधिकारिकता दिन आग्रह गरेका छन्।
निर्वाचन आयोगले दाबी पुगेको भनेको होइन । दाबी गर्न आउनुुुस् भनेको हो। दाबी हामीले बुझाएका छैनौं। रेकर्डहरुको अध्यावधिक पठाएको मात्र हो। दाबी त कसले गर्छ भने जो कमजोर छ। हामी दुईतिहाइ बहुमत भएकाले दाबी गर्न जाँदैन। घरवालाले मुद्दा गर्न जाँदैनन् नि ।
जग्गा मिचियो भनेर छिमेकी मुद्दा गर्न जाने हो,’’ उनले भने । उनले दुईतिहाइ बहुमत रहेको पक्ष आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी गर्नु नपर्ने बताए।
उनले नेकपा (प्रचण्ड-नेपाल समूह) को र केपी ओली समूहलाई आयोगले फरक पत्र दिनु त्रुटिपूर्ण रहेको बताए। बलियो पक्षलाई दाबी गर्न आउनुस् भनेर आयोगले दिएको निवेदन अप्रसांगिक भएको बताए।