विश्वबैंककाे तथ्यांक : आर्थिक बृद्धिदरबारे ओलीकाे दावी गलत

KP_Oli_PM
  • 394
    Shares
लाेकपाटी न्यूज

काठमाडौं।  कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको आर्थिक बृद्धिदर ७ प्रतिशत हाराहारीमा हुने हावा गफ बजेटमार्फत दिए पनि विश्व बैंकले यसमा धक्का लगाइदिएको छ । कोरोना भाइरसको महामारीबाट प्रभावित चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशत मात्र रहने विश्व बैंकले जनाएको छ ।

यसअघि समेत विश्व बैंकले गत चैतमा नै नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर त्यसपछि ओली सरकारले बजेटमार्फत ७ प्रतिशत आर्थिक बृद्धिको दाबी गरेको थियो । सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ मंगलवार सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक बृद्धिदरबारे उल्लेख गरेको छ ।

विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले व्यहोर्नेछ । चालू आवमा भारतको आर्थिक बृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने जनाइएको छ । बंगलादेशको आर्थिक बृद्धि समेत नकारात्मक रहने तथ्यांक विश्व बैंकले सार्वजनिक गरेको छ ।

यस वर्ष बंगलादेशको आर्थिक बृद्धिदर ०.७ प्रतिशत रहने भएको छ । सबैभन्दा उच्च आर्थिक बृद्धिदर भने माल्दिभ्सले हासिल गर्ने जनाइएको छ । माल्दिभ्सको ९.५ प्रतिशतको आर्थिक बृद्धिदर रहने प्रतिवेदनमा उल्लेख छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत रहने विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्