नेप्से दोहोरो अंकमा सुधार, करिब ४ अर्ब बराबरको कारोवार

Nepse mathi
  • 9
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। दुई दिन लगातार घटेको सेयर बजारमा बुधबार दोहोरो अंकको सुधार देखिएको छ। सोमबार र मंगलबार गरि १० अंक घटेको बजार बुधबार एकै दिन १३ अंकले बढेको छ। साढे चार अर्बको किनबेच भएको बजारमा हाइड्रोपावर र व्यापार समूहबाहेक सबै समूहको सूचक बढेको छ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ११२ अंकले बढ्दा लघुवित्त समूहको सूचक ५६ अंक र जीवन बीमा समूहको सूचक २४ अंकले बढेको छ।कालिका माइक्रोक्रेडिट, जनउत्थान र स्वाभिमान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। त्यसैगरि नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ।

सर्वाधिक मूल्य घट्ने कम्पनीमा भने हिजो मात्रै सर्वाधिक मूल्य बढेका जलविद्युत कम्पनी छन्। जोशी, नेशनल हाइड्रो र घलेम्दी हाइड्रोपावरको मूल्य ४र५ प्रतिशतले घटेको छ।नेपाल लाइफ र शिखर इन्स्योरेन्सको २०/२० करोड रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको १७ करोड, नेपाल टेलिकम र हिमालयन डिष्टिलरीको १५र१५ करोड रुपैयाँको कारोबार भएको छ।

२०५ कम्पनीका एक करोड कित्ता सेयर चार अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएका छन्। १५ कम्पनीको मूल्य स्थिर रहँदा ५५ कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्