संसद बिघटनविरुद्ध मुद्धा : संवैधानिक इजलासबाट न्यायाधीश कार्की बाहिरिए

harikrishna-karki
  • 312
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संसद् विघटन विरुद्धको रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका छन्। वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासबाट बाहिरिएका हुन्।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको बुधवार (आज)  बाट सुनुवाई शुरु भएको छ। अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेपछि उनी बाहिरिएका हुन्।

वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने भन्दै कार्की इजलासमा बस्न उचित नहुने भन्दै आपत्ति जनाएका थिए।

कार्कीको अनुपस्थितिसँगै बुधबारको सुनुवाइ अवरुद्ध भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का न्यायाधीशलाई संवैधानिक इजलासमा तोकेपछि मात्र सुनुवाइ हुने भएको छ। संवैधानिक इजलासमा शुक्रबार र बुधबार सुुनुवाइ हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्