बोईलर कुखुराको मासु प्रतिकेजी ४ सय, कहिले घट्छ?

  • 15
    Shares
लाेकपाटी न्यूज

बोइलर कुखुराको मासु महंगिँदै खुद्रामा प्रतिकेजी ४ सय रूपैयाँसम्म पुगेको छ। चिसोले कुखुराको घटेपछि मासुको मूल्य बढिरहेको व्यवसायीहरु बताउछन्। गत मसिंरदेखि लगातार बढ्न थालेको बोइलरको मूल्य घट्ने देखिएको छैन। चिसोयाममा हुर्काउन गाह्रो पर्ने भन्दै कुखुरापालक किसान र पोल्ट्री फार्महरुले गर्मियामका तुलनामा खोरमा चल्ला हाल्ने संख्या घटाउँछन्। जाडोमा बजार माग भए पनि कुखुराको आपूर्ति बर्सेनि घट्ने गरेको छ। यसपटक पनि आपूर्ति परिमाण निकै घटिसकेको छ।

केही दिनयता कोल्ड स्टोरहरूमै मूल्य प्रतिकेजी ३ सय ७० रुपैयाँ कायम भएको छ। किसानले जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० रुपैयाँमा बिक्री गरिरहेका छन्। बजारमा उपभोक्ता मूल्य भने तयारी मासु प्रतिकेजी ३ सय ८० देखि ४ सय रुपैयाँसम्म पुगेको पाइएको छ। गत मंसिर पहिलो सातासम्म मासु प्रतिकेजी ३ सय ५५ रुपैयाँ र जिउँदो कुखुरा प्रतिकेजी २ सय ५० रुपैयाँ चलेको थियो।

असोज कात्तिकमा ब्रोइलर उत्पादन गर्ने उत्तम मौसम भएकाले अत्याधिक मात्रामा कुखुरा उत्पादन हुने व्यवसायी बताउछन्। । सोही अवधिमा कुखुराको मूल्य प्रति केजी २०० देखि २४० रुपैयाँसम्म थियो । तर, मंसिर महिना यता विस्तारै चिसो बढेकाले हरेक वर्ष झैं यो वर्ष उत्पादन कम भई कुखुराको मासुको मूल्य महंगो भएको उनिहरु बताउछन्।

‘हाल चिसो मौसम भएकाले जाडोमा पाल्न निकै गाह्रो हुने र धेरै मर्ने भएकाले जाडो मौसममा कम मात्रामा उत्पादन हुन्छ,’ व्यवसायी रमेस थापाले भने, ‘जाडोका कारण पहाडमा उत्पादन गर्ने व्यवसायले उत्पादन नै गर्दैैनन् । तराईमा व्यवसायीले उत्पादन गरेता पनि जाडोले गर्दा आदि मात्रै उत्पादन हुन्छ ।’ त्यसैले हाल बजारमा खपत भएको कुखुराको मासु तराईमा उत्पादन गरिरहेको व्यवसायीले धानिरहेको उनले बताए ।

बजारमा जति पनि चिसो मौसममा उत्पादन गर्न सफल भएका व्यवसायीले उचित मूल्य पाउने उनले बताए । तर, बजारमा कुखुराको मूल्य बढेता पनि व्यवसायीलाई भने खासै नाफा नहुने उनको भनाइ छ । ‘जाडो समयमा उत्पादन निकै कम हुने भएकाले व्यवसायीले रिस्क मोलेर उत्पादन गर्नुपर्ने हुन्छ । चिसो मौसममा पनि बचाउनको लागि निकै कोसिस गरेता पनि उत्पादनका लागि हालेको मध्ये आधा मात्रै बचाउन सफल हुन्छ,’ उनले भने ।

उनका अनुसार चिसो बढेमा अझै मूल्य बढ्ने बताए । तर, फागुनपश्चात भने सबैतिर चिसो विस्तारै हट्दै जाने र व्यवसायीको उत्पादनले गति लिइसकेपछि कुखुराको मासुको मूल्य सस्तो हुने उनको अनुमान छ । तर, बजारमा कुखुरा उत्पादन कम भएता पनि बजारमा भने अभाव नहुने उनको दाबी छ । यो वर्ष मात्रै नभई हरेक चिसो मौसमको कुखुराको उत्पादन कम भएकाले उक्त समयमा मूल्य वृद्धि हुनु स्वाभाविक रहेको उनले जानकारी दिए । हाल बजारमा कुखुराको मासुको मूल्य प्रति केजी ३७० देखि ४०० रुपैयाँसम्म बिक्री गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्