‘संसद विघटनको भत्र्सना गरौं, संविधानको रक्षाका लागि एक्यवद्धता प्रदर्शन गरौं’

Parliament samsad
  • 139
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संविधानसभा सदस्य मञ्च, नेपालले संविधान सभा विघटनको भत्सना गरेको छ। मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्दै पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको विघटन संविधानसभाको मर्म र भावना विपरित भएको जनाएको छ।

नयाँ संविधानले अंगिकार गरेको गणतन्त्र, संघियता, धर्म निरपेक्षता र समावेशी समानुपातिक सिद्धान्त जस्ता महत्वपुर्ण उपलव्धीहरु माथिको गंभिर आक्रमण, नयाँ संविधान कार्यान्वयनमा गम्भीर विचलन र अवरोध को परिणाम हो भन्ने मञ्चले ठहर गरेको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‛विगत सत्तरी वर्षदेखिको नेपाली जनताले आफनो संविधान आफै लेख्न पाउनुपर्ने मागका लागि गरेको त्याग वलिदान र समर्पणको परिणामस्वरुप प्राप्त उपलव्धीहरुमाथिको उक्त गम्भीर आक्रमणप्रति घोर भत्र्सना र निन्दा गर्दछौं।’

विगतका विकृति विसंगति र राजनैतिक अस्थिरताको अन्त गर्न कुनै पनि हालतमा जननिर्वाचित संस्थाको रिक्तता हुन नदिने संविधानसभाको मर्म वमोजिम संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकारका रुपमा रहेको २०४७ सालको संविधानको उक्त प्राव्धानलाई खारेज गर्दै वैकल्पिक सरकार दिन सक्ने संभावना रहँदासम्म संसद विघटन हुँदैन भन्ने मान्यतालाई संविधानमा उतार्न संविधानको धारा ७६ को व्यवस्था गरिएको हो।

उक्त व्यवस्थामा वहुमत प्राप्त दलको सरकार, मिलिजुली सरकार, अल्पमतको सरकार सम्मका विकल्पहरुको परिक्षण गर्दै अन्त्यमा एकजना सदस्यलेसम्म पनि सरकार दिने वाचा गरेमा उसलाई समेत मौका दिने गरी संसदले प्राप्त सवै विकल्पहरुको खोजी गर्ने र कुनै पनि हालतमा सरकार दिन नसक्ने पुष्टि भए पछि मात्रै अर्को संसदको निर्वाचन गर्ने वारेमा संविधानले प्रष्ट गरेको संविधानसभा मञ्च, नेपालका अध्यक्ष कल्पना धमलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

सर्वोच्च अदालतमा विचाराधिन उक्त मुद्दामा सरकारका हरेक कामको पुनरावलोकन गर्ने, संवैधानिक व्यवस्थालाई पुर्ववत अवस्थामा फर्काउन अदालत सक्षम हुने मञ्चले विश्वास व्यक्त गरेको छ। जनताको अदम्य साहस र संविधानसभाका लागि प्राणको आहुति गर्ने शहिद वेपत्ता योद्धा र आम जनताको तर्फवाट निरन्तर खवरदारी गर्न आग्रह गर्नु संविधानसभाको सदस्य, संविधानसभाको समर्थक र सुभचिन्तक समेत सवैको कर्तव्य रहेको भन्दै मञ्चले जननिर्वाचित संसद पुनस्र्थापनाकालागि अहोरात्र लागि पर्न सवै पक्ष निकाय र संघ संस्थाहरुमा समेत अपिल गरेको छ।

संविधानको रक्षाका लागि संसदको पुनस्थापनामा सर्वोच्च अदालत लगायत संविधान कार्यान्वयनको सरोकारवाला संवैधानिक अंग र राजनीतिक दलहरु र आम जनताले आ–आफ्नो भूमिकालाई हृदयंगम गरी संविधानको रक्षाकालागि इमान्दार प्रयास गर्न मञ्चले विज्ञप्तिमार्फत् सम्बन्धित सबैमा आह्वान गरेको छ।

222

111

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्