ज्ञानेन्द्र त विदा भए, अब ओली टिक्ने कुनै संकेत छैन: मीनेन्द्र रिजाल

minendra-rijal01
  • 754
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नियम कानून नमान्ने शासक धेरै दिन नटिक्ने बताएका छन्। नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा नेता रिजालले ज्ञानेन्द्र जस्तै ओली पनि छिट्टै विदा हुने बताए।

‘हिजो ज्ञानेन्द्र विदा भए। आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन्। नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ उनले भने, ‘हामी संविधान बनाउनेले नै संविधानको पांग्रा फुस्काउने गर्‍यौ भने संविधान रहन्न। ओलीले आज संविधानको पांग्रा भत्काउनु भयो।’ रिजालले संसारका निरंकुश शासकहरु मध्ये ओली पनि एक भएको बताए।

वैशाखमा निर्वाचन गर्नकै निम्ति घोषणा नगरिएको उनले बताए। संविधान निर्माणका बेला संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको रिजालले स्मरण गरे। दुई वटा कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्ने कांग्रेस पनि सहमत भएको उनको भनाइ थियो।

तर, संविधान निर्माणमा सहभागी नभएको जनता समाजवादी पार्टीका नेताहरु संविधानको पक्षमा उभिँदा ओली उल्टो बाटो हिँडेकोमा उनले आश्चार्य प्रकट गरे। उनले भने, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो। यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्