हामी प्रचण्ड-नेपालको साथमा छौंः महन्थ ठाकुर

mahanta-thakur
  • 12.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद विघटनको कदममा अदालतप्रति भरोसा नभएको बताएका छन्। प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटन कदम वैधानिक कि अवैधानिक भन्ने विषय अदालतमा विचाराधीन रहेका बेला नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

महन्थले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन।’ अहिलेको अवस्था आउनुमा संविधानमै त्रुटि भएको उनले उल्लेख गरे। ‘संविधानका बिषयमा आन्दोलनमा जाँदा अत्याचार भयो। हामीले त ओलीलाई बहिस्कार नै गरेका थियौं। संविधानले हामीलाई न्याय दिन्न,’ उनले भने।

महन्थले प्रचण्ड-नेपाल पक्षलाई भने, ‘संसद स्थापना भए तपाईं पनि सरकारमा जानुहुन्छ। हामी तपाइको साथमा छौं। राष्ट्रवादको नारा बाहेक सबै राम्रो छ।’ सत्ताधारीले विभिन्न समुदायका बीचमा फल्ट लाइन बनाएको उनको गुनासो छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्