बर्दियामा भन्सार छली ल्याइएका सामान बरामद

pic
  • 20
    Shares
लोकपाटी न्यूज

बर्दिया। सशस्त्र प्रहरीको गस्ति टोलीले बर्दियाका विभिन्न नाकाबाट अवैध रुपमा भन्सार छली ल्याएका सामान बरामद गरेको छ। एक लाख अन्ठाउन्न हजार आठ सय सत्तरी बराबरको मूल्य पर्ने सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा जुत्ता चप्पल, चिनी, लत्ता कपडा, सिलाई कटाई तथा हार्डवयरका सामान रहेका छन्।
उक्त सामान आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको छ।

साथै प्याज, नुन, सुर्ती, चिनी भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्