प्रणव मुखर्जीकाे पुस्तक : ‘राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्ने प्रस्ताव गरेका थिए’

pranab_mukherjee
  • 34
    Shares
लोकपाटी न्यूज

एजेन्सी। भारतका दिवंगत पूर्वराष्ट्रपति डा. प्रणब मुखर्जीले आफ्नो पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालमा बारे सनसनीपूर्ण खुलासा गरेका छन्।

पुस्तकमा मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु समक्ष नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव राखेको तर नेहरुले त्यसलाई अस्वीकार गरेको दाबी गरेका छन्।

पुस्तकको ११ औँ भागमा ‘माई प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्टस्’ शीर्षक अन्तरगत मुखर्जीले राजा त्रिभुवनले नेपाललाई भारतको प्रान्त बनाउन प्रस्ताव गरेको दाबी गरेका छन्। यद्यपि, भारतीय प्रधानमन्त्री नेहरुले सो अफर अस्वीकार गरेको पुस्तकमा भनिएको छ।

पुस्तकका अनुसार नेहरु नेपाल स्वतन्त्र राष्ट्र रहनुपर्ने चाहन्थे। मुखर्जीले यदी नेहरुको स्थानमा इन्दिरा गान्धी भएको भए, उनले सो अवसर आफ्नो हातबाट जान नदिने पनि बताएका छन्।

उक्त किताबमा अन्य कयौँ सनसनीपूर्ण खुलासा गरिएको जसमा सन् २०१४ मा यूपीएले ब्यहोरेको हारका लागि सोनिया गान्धी र मनमोहन सिंहलाई जिम्मेवार ठहराइएको छ। स्रोत : द चौपाल डटकम