कठमाडौं। राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगरपालिका १ को संयोजकमा प्रेम अधिकारी चयन भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी नेकपा लम्किचुहा नगरपालिका १ को बैठकले राष्ट्रिय युवा संघको वडा संयोजकमा अधिकारीलाई चयन गरेको हो।
त्यस्तै, राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगरपालिका १ को सहसंयोजकमा दीप बिकलाई चयन गरेको छ।
बैठकले राष्ट्रिय युवा संघको नव गठित वडा कमिटीले जन आधारित सुसंगठित, एकताबद्ध, अनुशासित, गतिशील र उच्च नैतिक आचरणयुक्त राजनीतिक भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरेको छ।