अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा पन्त

Capture
  • 28
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त चयन भएका छन्।
मंगलबार पेरिसडाँडा कोटेश्वरमा सम्पन्न राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमले महासंघ अन्तर्गत केन्द्रीय युवा कमिटीको अध्यक्षमा पन्तलाई चयन गरेको हो।

उपाध्यक्षहरुमा राजिव गिरी,सुस्मिता कट्टेल,सदस्यहरुमा क्रमशः सुकसागर तामाङसनत उप्रेती,निर्मला तामाङ,नारायण कुइकेल,रमेशलाल श्रेष्ठ,अरुण पन्त,भीषण थापा,रामशरण पाण्डे,कमल वस्नेत,भोला थापामगर,राजु ओझा,कृष्णलाल तामाङ,सुरज तामाङ,दीपक कार्की,प्रेम मोक्तान,रवीन्द्र भुपाल प्रधान,विपिन पौडेल,टीकाराम वली,दीपक चदरा,ध्रुव खड्का,उपेन्द्र ठउराड,प्रकाश श्रेष्ठ चयन गरेको छ।

बैठकले ५ जना सदस्य मनोनित गरी ३१ जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन्। युवा कमिटीका केन्द्रीय अध्यक्ष राजेन्द्र न्यौपानेको सभाध्यक्षतामा र अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको थियो।

सुस्मिता कट्टेललले राखेको स्वागत मन्तव्य कार्यक्रम संचालन राजिव गिरीले गरेका थिए। सो भेलामा उपाध्यक्ष सोमबहादुर थापा,उपमहासचिवद्धय शालिक काफ्ले,प्रकाश श्रेष्ठ,सचिव सोम तामाङ,कर्णाली प्रदेश अध्यक्ष ललित घर्तिमगर,यातायात मजदूर संगठनका महासचिव शरद पौंडेल लगायतको उपस्थिति रहेको थियो। आयोजित राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमले महासंघको केन्द्रीय युवा कमिटीको सल्लाहकारमा शर्मिला तामाङ र रमेश गुरुङलाई छनोट समेत गरेका छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्