नेकपा काठमाडौं जिल्ला समितिको बैठक सम्पन्न

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को काठमाडौं जिल्ला समिति बैठक आज सम्पन्न भएको छ। बानेश्वर स्थित काठमाडौं व्यांकेटमा सम्पन्न भएको हो। बैठकको अध्यक्षता नेकपा काठमाडौं जिल्ला सचिव हिमाल शर्माले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा बागमती प्रदेशको इन्चार्ज अष्टलक्ष्मी शाक्य रहेकी थिइन्। त्यसैगरी बागमती प्रदेशका सहइन्चार्ज हितमान शाक्य विशेष अतिथि रहेका थिए। कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज नारायण दाहाल, केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज साविगा भुसाल, केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सहइन्चार्ज दिलीप महर्जन कुमार पौडेल, सुरेन्द्र मानन्धर, वसन्त मानन्धर, पार्वती थापा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

त्यसैगरी केन्द्रीय सदस्य तथा काठमाडौं महानगरका इन्चार्ज जीवन राम श्रेष्ठ पनि कार्यक्रममा उपस्थित थिए। विस्तारित बैठकमा प्रत्येक नगर कमिटीका अध्यक्ष, सचिव तथा काठमाडौं महानगरका सचिवले सांगठनिक रिपोर्टिङ गरेका थिए। कार्यक्रममा नेकपा बागमती प्रदेशका सदस्य प्रदेश सांसद प्रदेश कमिटीका सदस्यहरू, जन निर्वाचित नगर प्रमुख उप प्रमुखहरू लगायत वडा अध्यक्ष एवं सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकमा प्रत्येक नगर कमिटीका अध्यक्ष तथा सचिवहरू साथै महानगर कमिटीका सचिवले सांगठनिक प्रतिवेदन पेस गर्नु भएको थियो। उक्त विस्तारित बैठकमा प्रमुख अतिथि अष्टलक्ष्मी शाक्य विशेष अतिथि हितमान शाक्य अतिथि नारायण दाहाल साविगा भुसाल लगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्