संसारमा नै पहिलोपटक २०२० मा भएका महत्वपूर्ण १८ घटनाहरु

  • 32
    Shares
लाेकपाटी न्यूज

१‍‍. के–पप पहिलोपटक अमेरिकाको टपचार्टको शीर्षस्थानमा स् सन् २०१३ देखि ‘ट्विइन्स सिक्वेल’ बनाउँदै आएको दक्षिण कोरियाली पप ब्यान्ड ‘बिटिएस’को अंग्रेजी गीत ‘डाइनामाइट’ले यो वर्षको सेप्टेम्बरमा अमेरिकाको चर्चित संगीत म्यागजिन ‘बिलबोर्ड म्यागजिनको हट १००’को एक नम्बरमा स्थान जमायो । व्यावसायिक सर्फर माया गबेराले ७३.५ फिट अग्लो समुद्री लहरमा सर्फ गरेपछि । पोर्चुगलको समुद्र तटमा उनले गरेको सर्फ यो वर्षको सर्फ गरिएको लहरमध्ये सबैभन्दा ठूलो थियो ।

२. यो वर्षको पोर्चुगलको सबभन्दा उचो समुद्री छालमा पहिलोपटक एक महिलाले सफल सर्फ गरिन् । ब्राजिलियन सर्फर माया गाबेइरा पोर्चुगलको समुद्रमा आएको २०२० को सबैभन्दा ठूलो छालमा सर्फ गरेर पहिलो महिला सर्फर बनिन् । पोर्चुगलको नाजारे तटमा मापन गरिएको उक्त छाल (वेभ) ७३.५ फिट उचाइको थियो । गाबेइराको कीर्तिमानी वल्र्ड सर्फ लिग र गिनिज वल्र्ड बुक दुवैले दर्ज गरेका छन् ।

३. अमेरिकी अधिकारीद्वारा रुसी श्वेत श्रेष्ठतावादी समूह विश्वव्यापी आतंकवादी करार स् गत अप्रिलमा ट्रम्प प्रशासनले अल्ट्रानेसनालिस्ट रसियन इम्पेरियल मुभमेन्टलाई विश्वव्यापी आतंकवादको नाम दियो । अमेरिकी सरकारले श्वेत श्रेष्ठतावादी समूहलाई आतंकवादीको बिल्ला लगाएको यो पहिलो हो ।

४. विलासी वस्तु उत्पादन गर्ने विख्यात ब्रान्ड ‘लुइस भिउटनद्वारा पहिलोपटक फेस सिल्ड उत्पादन सुरु सन् २०२० मा अधिकांश फेसनहाउसले फेस मास्क बेचिरहँदा लुइस भिउटनचाहिँ आफ्नो २०२१ को क्रुज कलेक्सनमा फेस सिल्डलाई आफ्नो उत्पादनका रूपमा सुरु गर्ने पहिलो विलासी कम्पनी बन्यो । यो सिल्डलाई सामाजिक दूरीको आवश्यकताअनुरूप सिल्ड तल वा माथि फर्काउन मिल्ने गरी डिजाइन गरिएको छ । लक्जरी ब्रान्डको सिग्नेचर मोनोग्रामअंकित रहने यो सिल्डको मूल्य ९६१ डलर हुनेछ ।

५. फ्रान्समा पहिलो ट्रान्सजेन्डर (तेस्रोलिंगी) मेयर स् फ्रान्समा करिब ६ सय परिवारको बसोवास रहेको गाउँ टिल्लोय–लेज–मर्चिएनेसको मेयरमा गत मार्चमा तेस्रोलिंगी निर्वाचित भइन् । पर्यावरणीय दिगोपनमा जोड दिने एक डिजिटल प्लेटफर्म सञ्चालन गर्ने मारी काउ, आफूलाई लैंगिक पहिचानको कारण होइन कि आफ्नो मूल्यमान्यताका कारण निर्वाचित गरिएको विश्वास गर्छिन् ।

६. हङकङ प्रहरीद्वारा विवादास्पद नयाँ कानुनअन्तर्गत पहिलो पक्राउ स् हङकङमा विवादास्पद नयाँ सुरक्षा कानुन लागू भएको एक दिन नबित्दै स्थानीय प्रहरीले उक्त कानुनअन्तर्गत पहिलो पक्राउ गरेको थियो । हङकङमा सो कानुन ३० जुनबाट लागू छ । आलोचकहरूले यो कानुनले हङकङको स्वायत्तता हनन गरेको र चिनियाँ सरकारलाई यहाँको विरोध प्रदर्शन तथा प्रेसमाथि प्रतिबन्ध कडा बनाउन थप अधिकार दिएको भनेर आलोचना गरेका छन् ।

७. टेलिस्कोपले सूर्यको सतहको विस्तृत विवरण जानकारी दिने तस्बिर खिच्यो स् सन् २०२० को जनवरीमा खगोलशास्त्रीहरूले सूर्यको अहिलेसम्मकै डिटेल्ड (द मोस्ट डिटेल्ड पिक्चर) तस्बिर सार्वजनिक गरे । उक्त तस्बिर विश्वकै ठूलो र नयाँ टेलिस्कोप ‘डानियल के। इनोय सोलार टेलिस्कोप’ले लिइएको थियो । यो टेलिस्कोप हवाई राज्यको ज्वालामुखी हालेयाकला अर्थात् सूर्यको घर (हाउस अफ द सन) मा स्थापित छ ।

८. आधुनिक इतिहासमा पहिलोपटक हज रद्द स् गत जुनमा साउदी अरेबियाले मुस्लिमहरूको पवित्र स्थल मक्कास्थित मस्जिदमा मुलुकबाहिरका तीर्थयात्रीलाई प्रवेश निषेध घोषणा ग¥यो । ज्ञात इतिहासमा हज रद्द गरेको यो पहिलो घटना हो । यद्यपि, युद्ध तथा महामारीको अवस्थामा पनि विभिन्न समयमा हज प्रभावित भएको थियो । हज तीर्थयात्रा सन् ६३२ वर्षयता हुँदै आएको छ । तर, आधिकारिक यात्रा प्रतिबन्धले यो पवित्र तीर्थयात्रा रोकेको भने यो नै पहिलोपटक हो ।

९. जर्मनी र इजरायलका फाइटर जेटहरूद्वारा जर्मनीको हवाईक्षेत्रमा संयुक्त अभ्यास स् सन् २०२० को अगस्टमा पहिलोपटक जर्मनी र इजरायलले जर्मन भूमिमा संयुक्त सैन्य अभ्यास गरे । एउटा भयानक त्रासदीपूर्ण इतिहासका साझेदार यी दुई मुलुकबीचको यो नयाँ परिघटनाले जटिल सम्बन्धलाई रेखांकित गरेको छ । जर्मनीको सेना आधुनिकीकरण र सैन्यबलका अधिकारीहरूमा चरमपन्थी भावनाको घुसपैठसँग जुझिरहेको महत्वपूर्ण समयमा यो अभ्यास भएको छ ।

१०. जापानी फ्लाइङ कार परीक्षणमा सफलता स् यो वर्षको अगस्टमा जापानको प्रविधि कम्पनी स्काईड्राइभले फ्लाइङ कार ९उड्ने कार० को पहिलो सार्वजनिक सफल परीक्षण उडान पूरा गरेको छ । एसडी– ०३ नामक मानवयुक्त यो सवारीसाधनले टोयोटा टेस्ट फिल्डमा चार मिनेट चक्कर काटेको थियो । स्काईड्राइभले उपभोक्ताहरूलाई सन् २०२३ सम्ममा यो कार उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

११. वैज्ञानिकहरूद्वारा पहिलोपटक मानव शरीरभित्र जिन–इडिटिङ (आनुवांशिक–सम्पादन) उपकरणको प्रयोग स् सन् २०२० को मार्च महिनामा अमेरिकाका एक अन्धा बिरामीलाई जिन–इडिटिङ उपकरण (क्रिस्पर) प्रयोग गरेर सम्पादन गरियो । यो प्रविधि मानव शरीरभित्र प्रयोग गरेको पहिलोपटक हो । बिरामीको दृष्टि फर्काउने प्रयासस्वरूप चिकित्सकले उनको आँखाभित्र सम्पादन उपकरण राखिएको औषधिको सूक्ष्म थोपा प्रवेश गराएका थिए । उनमा आँखामा प्रवेश गरेको प्रकाशलाई मस्तिष्कमा पठाउने संकेतमा बदल्न आवश्यक हुने प्रोटिन बन्न नदिने दुर्लभ आनुवांशिक समस्या थियो ।

१२. भ्यानिटी फेयरको कभर फोटो पहिलोपटक अश्वेत फोटोग्राफरद्वारा खिचाइयो स् प्रसिद्ध फेसन म्यागाजिन भ्यानिटी फेयरको जुलाई–अगस्ट अंकका लागि नायिका भिओला डाभिजको कभर फोटो खिचेर डारियो काल्मेज यो म्यागाजिनको इतिहासमा पहिलो अश्वेत कभर फोटोग्राफर बने । भोग म्यागाजिनको अगस्ट अंकका लागि चर्चित फोटोग्राफर एनी लेइबोभिट्जले खिचेको जिम्न्यास्ट सिमोन बायल्सको फोटो खराब भएको भनेर आलोचना भएपछि काल्मेजलाई फोटोग्राफर लिने निर्णय गरिएको थियो । आलोचकहरूले बायल्सको फोटोहरूमा छालाको रंग मोहक नदेखिएको भनेर आलोचना गर्दै लेइबोभिट्जको सट्टामा अश्वेत फोटोग्राफर काल्मेजलाई लिन सुझाएका थिए ।

१३. केन्यामा बेलुनबाट इन्टरनेट सेवा प्रदान स् अफ्रिकामा पहिलोपटक इन्टरनेट सेवा प्रदान गर्न उचाइमा उड्ने सौर्यऊर्जाजडित बेलुनहरू प्रयोग गरिए । अल्फाबेट कम्पनीको सहायक कम्पनी गुगलले केन्याको मध्य तथा पश्चिमी भागमा फोरजी एलटिई नेटवर्क उपलब्ध गराउन जुलाईमा यस्ता ३५ बेलुन प्रक्षेपण गरेको थियो ।

१४. डाइनोसरको हाडमा क्यान्सर पत्ता लाग्यो स् म्याकमास्टर विश्वविद्यालय र रोयल ओन्टेरियो म्युजियमका वैज्ञानिकहरूले सात करोड ६० लाख वर्षअघि जीवित रहेको साकाहारी सिंगे डाइनोसर (सेन्ट्रोसाउरुस अर्पेटस) को हड्डीको अवशेषमा हाडको घातक क्यान्सर अस्टियोसारकोमा पत्ता लगाए । मेडिकल जर्नल लान्सेन्ट ओन्कोलोजीमा प्रकाशित अनुसन्धानअनुसार डाइनोसरमा घातक क्यान्सर यकिन भएको यो पहिलोपटक हो ।

१५. चीनको मिसन मंगल सुरु र पहिलो पुनप्र्रयोगीय यानको सफल अवतरण स् चीनको राज्यनियन्त्रित चाइना एरोस्पेस एन्ड टेक्नोलोजी ग्रुपले जुलाईमा तियानवेन– १ नामक पहिलो एकल मिसन मंगल सुरु ग¥यो । तियानवेन– १ मा एउटा रोवर (नमुनाहरू संकलन गर्ने रोबोट), ल्यान्डर (अवतरक) र अर्बिटर (यान) समावेश छ । यो यान २०२१ को प्रारम्भमा मंगल ग्रहमा अवतरण हुने अपेक्षा गरिएको छ । गत सेप्टेम्बरमा चीनको स्पेस एजेन्सीले अर्को ठूलो उपलब्धि सार्वजनिक ग¥यो– चीनले प्रयोगात्मक प्रविधि प्रयोग गरेर पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्षयान सफतापूर्वक पृथ्वीमा अवतरण गरेको छ ।

१६. सुनको मूल्यले प्रतिऔंस कीर्तिमानी २००० डलर छोयो: कोभिड– १९ महाव्याधिको अनिश्चितता माझ लगानीको सुरक्षित स्थान खोज्ने प्रवृत्तिका कारण २०२० को गर्मीमा सुनको मूल्यले प्रतिऔंस २००० डलर नाघेर कीर्तिमान मूल्य दर्ज ग¥यो  । चाँदी तथा प्लाटिनियमजस्ता अन्य बहुमूल्य धातुको मूल्य पनि अकासियो ।

१७. मेक्सिकोका पूर्वसैन्य अधिकारी अमेरिकामा लागुऔषधको आरोपमा पक्राउ स् अक्टोबरमा जनरल साल्भाडोर सियनफ्युगोस जेपेडा लागुऔषधको मुद्दामा अमेरिकामा पक्राउ परे । उच्चपदस्थ मेक्सिकन सैन्य अधिकारी यसरी पक्राउ परेको यो पहिलोपटक हो । उनी मेक्सिकोका भूतपूर्व रक्षामन्त्रीसमेत हुन् । अधिकारीहरूले जनरल सियनफ्युगोसलाई परिवारसहित लसएन्जलसमा अवतरण गरेलगत्तै पक्राउ गरेका थिए । उनी राष्ट्रपति इन्रिक पेना नियतोको २०१२–२०१८ कार्यकालमा रक्षामन्त्री थिए ।

१८. पोपबाट समलिंगी सम्बन्धलाई समर्थन स् भ्याटिकसिटीका पोप फ्रान्सिसले समलिंगी विवाहलाई समर्थन गरे । वृत्तचित्र फ्रान्सिस्कोका लागि लिएको अन्तर्वार्ता जुन गत अक्टोबरमा रोम फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो, त्यसमा पोप फ्रान्सिसले समलिंगी विवाहलाई उनीहरूलाई पनि परिवार निर्माण गर्ने अधिकार रहेको र उनीहरू पनि ईश्वरका सन्तान भएको व्याख्या गरेका थिए । समलिंगी विवाहको पक्षमा बोल्ने फ्रान्सिस पहिलो बहालवाला पोप हुन् ।