काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द भएको छ। फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरेको हो। दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरेको हो ।
फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ यानेकि उनले कुनै पोष्ट गर्न पाउने छैनन्। ‘
ट्विटरले पनि वासिङ्गटन डिसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्विटस हटाउनु पर्ने देखिएको जनाएको छ। ट्विटरले लेखेको छ, ‘ती ट्विटसले हाम्रो संस्थाको ‘सिविक इंटेग्रिटी पेलिसी’ उल्लघंन गर्छ ।’
ट्विटरले तीन ट्विटस नहटाए ट्रम्पको एकाउण्ट सधैका लागि लक हुने समेत चेतावनी दिएको छ।
ट्रम्पका हिंस्रक समर्थकले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् । नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।